१० साउन २०८३, आइतबार

एयर एसियाद्वारा सेवा शुल्क बक्यौता तिर्न आनाकानी

चैत १२, २०७४
एयर एसियाद्वारा सेवा शुल्क बक्यौता तिर्न आनाकानी

काठमाडौं, १२ चैत– मलेसियाको निजी हवाई सेवा प्रदायक एयर एसियाले विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न फेरि आनकानी गरेको छ। मार्चको पहिलो साता त्रिभुवन विमानस्थल कार्यालय र एयर एसियाका प्रतिनिधिबीच बक्यौता तिर्ने विषयमा सम्झौता भएको थियो।

एयर एसियाले सम्झौता उलंघन गर्दै रकम तिर्न आनकानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। सहमतिमा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्दै अप्रिलमा कुल बक्यौताको ४० प्रतिशत रकम तिर्ने सहमति भएको थियो। 

बाँकी २७ करोड बक्यौतामा अन्य रकम भने मे, जुन र जुलाईभित्र चुक्ता गरिसक्ने सहमति भएको थियो। तर, एयर एसियाले अहिलेसम्म बैंक ग्यारेन्टी नराखेको गौतम बताउँछन्। ‘एयर एसियाले बारम्बार झुक्काउने काम गरिरहेको छ’, गौतमले भने, ‘रकम असुलीका लागि त्रिभुवन विमानस्थल कार्यायलाई प्राधिकरणका तर्फबाट पनि बाँकी बक्यौत रकम असुलीमा सहयोग हुन्छ।’, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्