१२ असार २०८३, शुक्रबार

रेल सेवाले छुने बस्तीको पहिचानकाे काम थालिँदै

चैत १२, २०७४
रेल सेवाले छुने बस्तीको पहिचानकाे काम थालिँदै
सन्दर्भ तस्वीर

नेपालगन्ज, १२ चैत— नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सेवा सञ्चालन गर्ने योजनाअन्तर्गत धमाधम काम अघि बढिरहेको छ । भारतीय प्राविधिकको टोलीले हालै सीमा बजार रुपैडिहाको नेपालगन्ज रोडबाट कोहलपुरसम्म ‘लिक’ रेखांकन सकेको छ ।

अब लागत रकम, आवश्यक भौतिक संरचना र रेल सेवाले छुने बस्तीको पहिचानलगायत काम थालिँदै छ । नेपाल रेल विभागका सब–इन्जिनियर रमेश यादवले दुई–तीन दिनमै अन्तिम अध्ययनको काम पूरा हुने बताए । 

उनी भारतीय टोलीलाई सघाउन नेपालगन्ज आएका हुन् । ‘एक सातामै अध्ययन सकिने भनिए पनि एक–दुई दिन बढी लागेको छ । केही दिनमै सबै काम पूरा हुन्छ,’ उनले भने, ‘प्राविधिक टोलीले भारतको केन्द्रीय सरकारलाई प्रतिवेदन बुझाएपछि थप काम अघि बढ्नेछ ।’

टोलीले रुपैडिहास्थित रेलवे स्टेसन र कोहलपुरसम्मको साढे १८ किमि दूरीमा रेखांकन सकेको हो । जसअनुसार पिप्रहवा, पुरैना, पुरैनी, राँझा, हबल्दारपुर र रझेनालगायत गाउँ छिचोलेर ‘लिक’ राखिनेछ । रेल बस्तीभित्र भने नलगिने सब–इन्जिनियर यादवले बताए । ‘यात्रुको सुविधाका लागि रेल सञ्चालन गरिने हो । त्यसैले गाउँछेउसम्म लिक बन्छ । बस्ती नै उठ्ने गरी हुँदैन,’ उनले भने ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्