०२ साउन २०८३, शनिबार

डीपीएल आजबाट शुरु : उद्घाटन खेलमा काठमाडौं र चौराहा भिड्दै

डीपीएल आजबाट शुरु : उद्घाटन खेलमा काठमाडौं र चौराहा भिड्दै

धनगढी, १७ चैत– सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) शनिबारबाट सुरु हुँदैछ । उद्घाटन खेलमा साविक विजेता टिम चौराहाले काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा हुने खेल दिनको १ बजेपछि शुरु हुनेछ । त्यसअघि नै प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ । 

टिम चौराहा सोमपाल कामी तथा काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । प्रतियोगितामा टिम चौराहा, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्ससहित शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्स, विनोद भण्डारीको कप्तानीमा रहेको कञ्चनपुर युनाइटेड र दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्दैछन्।

टिम चौराहाले यसपटक दुई विदेशी खेलाडीका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई)का रोहन मुस्तफा र भारतका प्रदेशस्तरीय खेलाडी पुनित मि श्रालाई टोलीमा समावेश गरेको छ । काठमाडौं गोल्डेन्सले भने विदेशी खेलाडीका रूपमा रणजी ट्रफी खेलिसकेका शनी पटेल र जयकिसन कोल्सावालालाई टोलीमा समावेश गरेको छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीले दुई विदेशी र एक स्थानीय खेलाडीलाई अनिवार्य गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्