२० असार २०८३, शनिबार

प्रकाशको सम्झनामा क्यान्सर जाँच अभियान लिएर कञ्चनपुर पुगिन् मन्त्री विना मगर

प्रकाशको सम्झनामा क्यान्सर जाँच अभियान लिएर कञ्चनपुर पुगिन् मन्त्री विना मगर

 धनगढी, १७ चैत खानेपानी तथा सरसफाई मन्त्री विना मगर क्यासर रोग जाँच अभियान लिएर निर्वाचन क्षेत्र फर्केकी छिन् । 

मन्त्री भएपछि पहिलो पल्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ फर्किरहेकी मन्त्री मगर सो अभियान लिएर फर्किएकी हुन् । 
आज शनिबार०गेटा विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू निर्वाचित क्षेत्रका महिलाहरुलाई लक्षित गरी क्यान्सर जाँच अभियान लिएर आएको बताइन् ।

भरतपुर क्यान्सर अस्पतालको सहयोगमा क्यान्सर पीडित प्रचण्ड पुत्री ज्ञानु दाहाल र पति प्रकाश दाहाल ९प्रचण्ड पुत्र० को सम्झनामा क्यान्सर जाँचको अभियान लिएर आएको जानकारी दिइन् । अभियान अन्तरगत महिलामा हुने पाठेघर र छातीको क्यासरको विशेष जाँच संगै औषधोपचारको प्रबन्ध गर्ने जनाइएको छ ।

आफु प्रदेश नं.७ की छोरी भएकोले प्रदेशको पहिचान संगसंगै बोकेर लिएर आएको पनि उनको भनाई थियो ।

त्यस्तै, उनले आमजनतालाई सरसफाई, स्वच्छ र सफा खानेपानी पुर्‍याउन आफु प्रतिवद्ध रहेको बताइन् ।

संविधानले मौलिक हककै रुपमा ग्यारेन्टी गरेको स्वच्छ र सफा खानेपानीको अधिकार अझैपनि राज्यले पुर्‍याउन नसकेको बताउँदै उनले आफु मन्त्रालयको जिम्मेवारी सम्माले यता कतिवद्ध भएर लागेको उल्लेख गरिन् । साथै उनले अब छिट्टै मेलम्चीको खानेपानी काठमाडौंमा पुर्‍याउने पनि मन्त्री मगरको भनाई थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्