
बुटवल, १८ चैत– तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको फाईनलमा ए डिभिजन क्लव थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लव फाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको अन्तिम सेमिफाईनल खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउँदै थ्री स्टारले फाईनलमा मनाङ मर्स्याङ्दीसंगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाईनलमा घरेलु टिम सुनौलो संगमलाई हराउँदै मनाङ र्स्याङ्दी फाईनलमा प्रबेश गरेको थियो । थ्री स्टारका लागि एक मात्र निर्णायक गोल खेलको ३५ औं मिनेटमा बुद्ध चेमजोङले गरे ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ लाख, द्वितीय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन् ।