
काठमाडौं, २४ चैत- कालो हरिणको शिकार मामलाममा दोषी पाइएका बलिउड अभिनेता सलमान खानको जमानत याचिकाममाथि सुनुवाई गरिरहेका न्यायाधीशको सरुवा भएको छ । शुक्रवार राजस्थान उच्च अदालतको वेभसाइटमा राखिएको सरुवा आदेशका अनुसार जोधपुरका जिल्ला अदालतका रविन्द्र कुमार जोशीको सरुवा सिरोहीमा भएको छ ।
उनको स्थानमा चन्द्र शेखर शर्मा जोधपुरमा सरुवा भएका छन् । अब सलमानको आजका लागि तोकिएको याचिका माथिको सुनुवाई हुन्छ कि हुन्न भन्ने अन्यौल भएको छ ।
शुक्रबार तल्लो अदालतबाट आवश्यक कागत पत्र माग भएपछि सुनुवाई शनिवारका लागि सरेको थियो तर त्यसबीचमा न्यायाधीश परिवर्तन भएपछि अब यो आदेश अब न्यायाधीश रविन्द्र कुमार जोशीमाथि निर्भर भएको छ कि उनले यो मामलामा शनिवार सुनुवाइ गर्छन् या गर्दैनन् ।
राजस्थान उच्च अदालतको वेभसाइटमा ६ अप्रिलममा राखिएको अर्डर नम्बर २० मा कुला ८७ न्यायाधीशको सरुवा भएको छ ।