२३ जेठ २०८३, शनिबार

ब्राजिलका पूर्व राष्ट्रपति सिल्वाद्वारा आत्मसमर्पण

चैत २५, २०७४
ब्राजिलका पूर्व राष्ट्रपति सिल्वाद्वारा आत्मसमर्पण

काठमाडौं, २५ चैत– भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय सुनाइएका ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डा सिल्वाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

उनले शनिबार अबेर आत्मसमर्पण गरेका हुन् । सिल्वा शनिबार अबेर आफ्नो कार्यालयबाटै प्रहरीको कारमा चढेर गएका हुन् ।

आफूमाथिको आरोप राजनीतिक रुपमा प्रेरित रहेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए । तर सर्वोच्च अदालतले सिल्वाले जेल सजाय भोग्नु पर्ने बताएको थियो । 

आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावमा आफूलाई प्रतिस्पर्धा गर्न नदिने योजनाको हिस्सा रहेको उनको भनाई छ । ७२ वर्षका सिल्वा सन् २००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्