०२ साउन २०८३, शनिबार

संखुवासभाका जीतु राईले जिते भारतका लागि स्वर्ण !

संखुवासभाका जीतु राईले जिते भारतका लागि स्वर्ण !

काठमाडौं, २६ चैत– नेपालका जीतु राईले कमनवेल्थ खेलमा भारतका लागि स्वर्ण पदक जितेका छन् । 

अस्ट्रेलियाको गोल्ड कोस्टमा १० मिटर एयर पेस्तोल स्पर्धामा नयाँ खेल रेकर्डका साथ राईले स्वर्ण पदक जितेका हुन् । 

२३५.१ अकंसहित राईले पहिलो स्थान हासिल गर्दै भारतका लागि स्वर्ण पदन जितेका हुन् । 

राई आज विश्वमा पेस्तोलका राज मानिन्छन् ।  १२ वर्ष पहिलसम्म नेपालको संखुवासभाको एक गाउँमा उनी मकै र आलू फलाउथे । 

शुटिङसँग उनको टाढाको नाता पनि थिएन । घरमा पालेको भैंसी र बाख्रा चराउँदा उनको दिनहरु वित्थ्यो । 

राईका बुवा भारतीय फौजमा लाहुरे थिए उनले चीन र पाकिस्तानको विरुद्धको लडाइमा पनि भाग लिएका थिए । 

२० वर्षको उमेरमा राई पनि भारतीय सेनामा भर्ती भए । उनी बेलायती लाहुरे बन्न चाहेका थिए । 

बर्षौदेखि गोरखा रेजिमेन्टका लागि बेलायती फौज भर्नाका लागि नेपाल आउने गरेको छ । 

सन् २००६–०७ मा जब राई बेलायती फौजमा भर्ना हुनका लागि गए तेही समयमा त्यहाँ भारतीय सेनाको क्याम्पमा पन्जीकरण चालू थियो जबकि बेलायती फौजको रजिस्ट्रेसनमा पनि समय थियो । 

यसैबीचमा भारतीय सेनामा पनि उनले आवदेन दिए । बेलायती सेनामा छानिनु पूर्व नै उनी भारतीय सेनामा छानिए । 

लखनउ सेन्य अड्डामा हुँदा राईलाई शुटिङमा रुची थिएन तर उनको निशाना राम्रो थियो । 

भारतीय सेनामा रहेका उनी २०१३ मा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन थाले र एक पछि अर्को मेडल ल्याउन थाले । 

उनले यसअघि २०१४ कमनवेल्थ गेम्समा गोल्डमेडल जिते, २०१४ को एशियन गेम्समा पनि भारतको पहिलो गोल्डकप राईले नै दिलाए । 

उनले २०१४ मा शुटिङमा नौ दिनभित्र तीन वल्र्डकप मेडेल जितेर रेकर्डनै राखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्