
काठमाडौं, २८ चैत– ‘मिस नेपाल वर्ल्ड’२०१८ को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् ।
बुधबार अबेर राजधानीको होटल अन्नपूर्णमा सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडा यसवर्षको मिस नेपाल वर्ल्ड घोषित भएकी हुन् ।
उनलाई गतवर्षको ‘मिस नेपाल’ निकिता चन्दकले ताज पहिर्याइदिएकी थिइन् । खतिवडाले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले जित्दा मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्यले जितिन् ।
द हिडेन ट्रेजरले आयोजना ‘मिस नेपाल २०१८’ भएको हो ।