३० जेठ २०८३, शनिबार

प्रदेश पाँचको ‘स्थिति पत्र’– गरिवी औसतभन्दा बढी, खाद्यान्न उत्पादनमा अगाडि, जलविद्युतमा कमजोर

चैत २९, २०७४
प्रदेश पाँचको ‘स्थिति पत्र’– गरिवी औसतभन्दा बढी, खाद्यान्न उत्पादनमा अगाडि, जलविद्युतमा कमजोर

बुटवल, २९ चैत– प्रदेश नम्बर पाँचको सरकारले समग्र अवस्थाबारे तयार पारेको स्थिति पत्र सार्वजनिक गरेको छ । 

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको १४ औं बैठकमा बिहीवार आर्थिक सामाजिक अवस्था बारेमा तयार पारिएको ‘स्थितिपत्र’ सदनमा प्रस्तुत गरे । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत मुख्यमन्त्री पोखरेलले नैं सम्हालेका छन् । योजना आयोगले प्रदेशको ‘स्टाटस पेपर’ तयार पारेको हो । 

प्रदेश नम्बर पाँच गरिब प्रदेशको रूपमा देखिएको छ । यस प्रदेशमा नेपालको औषत गरिबी भन्दा बढी देखिएको हो । नेपालको औषत गरिब २५.६२ छ । प्रदेशको स्थितिपत्रमा गरिबी २५.८ प्रतिशत जनता गारिबिको रेखामुनी रहेको देखिएको छ । जसमध्ये सबैभन्दा बढी कपिलवस्तुमा ३५.५ प्रतिशत गरिब छन् । त्यसपछि प्यूठानमा ३२.२ रहेको छ । रूपन्देही र नवलपरासी अन्य जिल्लाको तुलनामा गरिबी कम देखिएको छ । गरिबीको स्थितिमा प्रदेश नम्बर पाँच चौथो बढी गरिब भएको प्रदेशमा देखिएको हो । अन्य जिल्लाको गरिबी २१ देखि २८ प्रतिशतसम्म रहेको छ । 

समग्रमा प्रदेश पाँचको स्थिति 

यस प्रदेशमा जलविद्युतको अवस्था कमजोर देखिएको छ । हालसम्म यस प्रदेशबाट जम्मा २१ मेगावाट विद्युत मात्रै उत्पादन भएको छ । भने २ मेगावाट निर्माणाधिन अवस्थामा छन् । नौमुरो आयोजना सम्भाव्यता देखिए पनि उत्पादनको काम अगाडि बढन सकेको छैन । 

त्यस्तै खाद्यान्न उत्पादन र तेलहन उत्पादनमा सबै प्रदेशभन्दा अगाडि देखिएको छ ।  दाङ जिल्लालाई तेलहन उत्पादनको पकेट क्षेत्र र अदुवाका लागि पाल्पालाई लिइएको छ । यस प्रदेशमा ४ उपमहानगरपालिका ३४ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । प्रदेशको क्षेत्रफल १७ हजार ८ सय १० वर्गकिलोमिटर । जुन कूल नेपालको भूभागको १२.१ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशका १४ प्रतिशत जनता तराई क्षेत्रमा बसोबास गर्छन् । प्रदेशको जनसंख्या ४४ लाख ५८ हजार २ सय ५२ रहेको छ । जसमध्ये महिलाको जनसंख्या धेरै छ । ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरूष छन् । यस प्रदेशको जनसंख्याले कूल देशको १७ प्रतिशत जनसंख्या हो । 

प्रदेशमा २२.७ प्रतिशत खेतीयोग्य जमिन छ । जसमध्ये ४९ प्रतिशतमा सिंचाई सुविधा पुगेको छ । यसका ५२ प्रतिशत जनसंख्या नगरपालिमा बसोबास गर्दछन । यस प्रदेशमा ९ सय बैंक तथा वित्तीय संस्था रहेको स्थिति पत्रमा उल्लेख छ । तराईका जिल्लामा बैंकहरू बढी र पहाडी जिल्लामा कम रहेका छन् । १० लाख जनसंख्य सहकारीमा आवद्ध छन् । जसमा ६ हजारले रोजगार पाएका छन भने २२६ अर्ब निक्षेप संकलन भएको छ । यस प्रदेशमा ९ सय उद्योगहरू रहेका छन । जसमा ४० हजारले रोजगारी पाएका छन् । धेरै उद्योग भएको प्रदेशमध्ये दोस्रोमा पर्छ । यहाँका ८० प्रतिशत जनसंख्यालाई खानेपानी पुगेको छ । ६२ प्रतिशत घरधुरीमा विद्युतको पहुँच छ । जुन ४ औं मा पर्छ । 

यहाँको ५६ प्रतिशत घरधुरीमा मात्र शौचालय बनेका छन् । प्रदेश राजधानी लगायत प्रदेशका अन्य केही जिल्ला खुला दिशामुक्त घोषणा हुन सकेका छैनन । 

यहाँ ११ हजार किलोमिटर सडक सञ्जाल छ । पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका केही जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । मानव विकाश सुचकाङकमा यस प्रदेशको अवस्था ०.४६१ प्रतिशत रहेका छ् । त्यस्तै यस प्रदेशमा ५ हजार ८ सय विद्यालय छन् । जसमा १३ लाख विद्यार्थीहरू अध्ययनरत छन् । जसध्ये १२४ प्राविधिक कलेज छ ।  प्रदेशको साक्षरता ६५ प्रतिशत छ । १० जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । कपिलवस्तु र बाँके पूर्ण साक्षर हुने तयारीमा छन् । 

यहाँ ७५२ वटा स्वास्थ्य संस्था छन । यस प्रदेशको औषत आयु ६७ वर्ष रहेको छ । राष्ट्रिय औषत आयु ६८.८ रहेको छ ।  पर्यटनको प्रचार सम्भावना यस प्रदेशमा छ । पर्यटनको आकर्षक गन्तव्य लुम्बिनीलाई लिइको छ । जहाँ वार्षिक १३ लाख आन्तरिक तथा बाहय पर्यटहहरू आउने गरेका छन् । प्रदेश नम्बर पाँचमा ६ वटा पहाडी र ६ वटा तराईका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । यस प्रदेश नवलपरासीको दाउन्नेदेखि बर्दियाको राजापुर र रुकुमको सिस्नेहिमालदेखि रुपन्देहीको समथर भूभाग मर्चवारसम्म पुगेको छ । 

प्रदेश पाँचको बजेट शुक्रबार 

प्रदेश नम्बर पाँचले बजेट शुक्रबार आउने भएको छ ।  पाँच नम्बर प्रदेशको बजेट १ अर्ब २ करोड रूपैयाँ छ ।  उक्त बजेट मुख्यमन्त्री शंकर पोखरेलले संसद्मा प्रस्तुत गर्नेछन् । अर्थमन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री मातहत रहेकाले बजेट पनि मुख्यमन्त्रीले नै ल्याउन लागेका हुन् ।  सरकारले ल्याउने बजेट मात्र ३ महिनाका लागि हुनेछ । सरकारले पर्यटन र कृषिबाटै आर्थिक समृद्धि गर्ने बताउँदै आएको छ । जसका लागि धेरै बजेट विनियोजन गर्ने अपेक्षा छ । 

salt training

कमेन्ट गर्नुहोस्