२२ असार २०८३, सोमबार

सिण्डिकेट हटेपछि यातायात व्यवसायी क्रुद्ध, घरमा गाडी थन्क्याएर आन्दोलन गर्ने

सिण्डिकेट हटेपछि यातायात व्यवसायी क्रुद्ध, घरमा गाडी थन्क्याएर आन्दोलन गर्ने

काठमाडौं, ५ वैशाख– सरकारले सिण्डिकेट अन्त्य गर्ने गरी गरेको निर्णयको विरोधमा यातायात व्यवसायीहरुले यातायात बन्द गर्नेसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरका छन् ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यातायात समितिको दर्ता नविकरण नगर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा सम्पूर्ण यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।

व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले माग पुरा नगरे २७ गतेपछि सवारी साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

व्यवसायीले वैशाख ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ८ गतेदेखि सवारी साधनमा कालोझण्डा राख्ने र वैशाख १० तथा ११ गते प्रत्येक प्रदेशमा कोणसभा गर्ने जनाएका छन् । 

यसैगरी वैशाख १२ र १३ गते तालिका फ्रि छाड्ने तथा १४ र १५ गते क्यू फ्रि छाड्ने जनाएका छन् । वैशाख १६ गते यातायात कार्यालय घेराउ गर्ने उनीहरुको तयारी छ । 

सरकारले आफ्ना मागको सुनुवाई नगरे वैशाख २८ गतेपछि थप आन्दोलनका कार्यक्रम अघि बढाउने व्यवसायीको घोषणा छ । यातायात व्यवसायी समितिहरु कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने प्रावधान कार्यान्वयन गर्न नसकिने र समिति खारेजीको निर्णय आफूहरुलाई मान्य नहुने भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

यता सरकारले भने व्यवसायीहरुले सवारी नचलाए सुरक्षा निकायले कब्जामा लिएर जनतालाई सेवा दिने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्