×

NMB BANK
NIC ASIA

अनौठा कारणले मरेका मान्छेको कथा पढेर रुनु कि हाँस्नु ?

बैशाख ५, २०७५

NTC
Premier Steels

जिन्दगी छ भने मृत्यु पनि छ । अनि मृत्यु जस्तो कारणबाट पनि हुनसक्छ । आउनुस् पढौं, मृत्युका अनौठा कारणहरू :

Muktinath Bank

डियोड्रेन्टबाट मृत्यु
सन् १९९८ मा इंग्ल्यान्डका एक १६ वर्षीय युवकको सुगन्ध छर्ने डियोड्रेन्ट प्रयोग गरेका कारण मृत्यु भयो । मुटुको समस्या भएको उक्त युवक डियोड्रेन्टको अत्यधिक प्रयोगका कारण ज्यान गुमाउन बाध्य भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाह्री काट्दा मृत्यु
अस्ट्रियाका हान्स स्टेनिंगरको संसारकै सबभन्दा लामो दाह्री थियो । सन् १५६७ मा दाह्री मिलाउँदै गर्दा उनको बस्तीमा आगो लागेछ । भाग्ने क्रममा आफ्नै दाह्रीमा अल्झिएर उनको घाँटी भाँचिएर मृत्यु भयो ।


Advertisment
Nabil box
Kumari

ब्राका कारण मृत्यु
सन् १९९९ मा इंग्ल्यान्डमा दुई महिला पार्कमा टहल्दै गर्दा अचानक पानी पर्न थाल्यो अनि उनीहरू रुखमुनि लुके । त्यतिखेरै चट्याङ परेपछि उनीहरूको ब्रामा रहेको धातुबाट करेन्ट लागेर दुवैको मृत्यु भयो ।

Vianet communication

हाँस्दाहाँस्दै मृत्यु
ग्रिसेली दार्शनिक क्राइसिप्पस अफ सोलीले गधालाई अफिम खाएको देखेर हाँस्न शुरु गरेका थिए । उनले आफ्नो हाँसो रोक्नै सकेनन् र हाँस्दा हाँस्दै मृत्युवरण गर्न पुगे ।

छुन नहुने भएर मृत्यु
उन्नाईसौं शताब्दीमा थाइल्यान्डकी महारानी सुनन्दा कुमारीरत्नालाई कसैले छोएमा मृत्युदण्डको सजाय हुन्थ्यो । एकचोटि समुद्रमा डुंगा पल्टिएर उनीसहित केही मानिस डुबे । तर उनलाई छुन नहुने आदेश भएकाले कसैले पनि बचाउन जाने साहस गर्न सकेनन् । बीस वर्षको उमेरमै उनले मृत्युवरण गर्नुप-यो ।

गाजरको जुस पिएर मृत्यु
बासिल ब्राउन शारीरिक सुगठनमा विश्वास राख्ने व्यक्ति थिए । फिट रहनका लागि उनी हरेक दिन एक ग्यालन गाजरको जुस पिउँथे । धेर जुस पिएरै उनको मृत्यु भयो ।

फोहोरको डंगुर देखेर मृत्यु
अमेरिकाको कोलियर ब्रदर्शले २० वर्षको हुँदा भाडामा एउटा घर लिएका थिए । त्यो घरमा यति फोहर थियो कि निकाल्दा निकाल्दा त १८० टन फोहोर पो निस्क्यो । त्यत्रो डंगुर देखेरै उसको मृत्यु भयो ।

चन्द्रमालाई चुम्बन गर्ने हुँदा मृत्यु

प्रसिद्ध चिनियाँ कवि ली बाइ प्रकृतिप्रेमी थिए । उनलाई चन्द्रमा चुम्ने प्रबल इच्छा थियो । त्यति परको कुरो कसरी चुम्नु अब ? त्यसपछि उनले पोखरीमा गएर चन्द्रमाको प्रतिबिम्बलाई भएपनि चुम्ने विचार गरे । यस क्रममा उनको नाउ पल्टियो र उनी पोखरीमा डुबे अनि त्यहीँ मरे ।

उपहारले थिचिएर मृत्यु
प्राचीन ग्रिसको एथेन्स राज्यका सांसद ड्राकोको एजिना थिएटरमा उनका प्रशंसक नागरिकहरूले दिएको लुगा र टोपीको डंगुरमा थिचिएर मृत्यु भयो ।

माछा उफ्रेर मृत्यु
तान्जानियाका एक माझी रोबर्ट म्वाइवेगाले पक्रेको एउटा माछा उनको हातबाट फुत्किएर मुखभित्र पस्न पुग्यो । भित्र त्यो माछो खुम्चिएर छातीमा पुग्यो र सासै रोकिएर उनको मृत्यु भयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x