०८ असार २०८३, सोमबार

नेपालका वैज्ञानिकको तथ्यांक संकलन सुरु, को हुन् वैज्ञानिक ?

बैशाख १५, २०७५
नेपालका वैज्ञानिकको तथ्यांक संकलन सुरु, को हुन् वैज्ञानिक ?

काठमाडौं, १५ बैशाख-  सरकारले देशमा कार्यरत नेपाली वैज्ञानिकको तथ्यांक संकलन सुरु गरेको छ। देशमा कति वैज्ञानिक छन् सरकारसँग कुनै तथ्यांक छैन। सन् २०१० यता सरकारले वैज्ञानिकको तथ्यांक संकलन गरेको छैन। सरकारी तथ्यांकअनुसार त्यसबेला देशमा लगभग ४० हजार वैज्ञानिक थिए। ८ वर्षपछि सरकारले अहिले नेपाली वैज्ञानिकको तथ्यांक संलकन थालेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले जेठ १५ भित्र तथ्यांक संकलन सक्ने गरी काम भइरहेको जानकारी दिए। 
को हुन् वैज्ञानिक ?
तथ्यांक संकलन गर्न थाले पनि वैज्ञानिकको स्पष्ट परिभाषा भने सरकारसँग पनि छैन। सरकारले इन्जिनियरिङ, विज्ञान, मेडिकल साइन्स, कृषि, वन र खाद्य प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिलाई वैज्ञानिकको सूचीमा राखेको छ। तथ्यांक संकलनमा पनि यसैलाई आधार बनाएको छ।

प्रवक्ता सुवेदीले विज्ञान र इन्जिनियरिङमा स्नातक उत्तीर्णलाई वैज्ञानिकको सूचीमा राखिने गरेको बताउँदै यसपल्ट स्नातकोत्तर मात्र समेटिएको जानकारी दिए। उनले भने, ‘हामीले विज्ञान र इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर गरेकालाई वैज्ञानिकको परिभाषामा राखेका छौं।’

सरकारी परिभाषामा भने वैज्ञानिकहरू सहमत छैनन्। विज्ञानमा सोध, खोज र अनुसन्धान गर्ने मात्र वैज्ञानिक मानिने कतिपयको धारणा छ। अन्नपूर्ण पोस्टमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्