
बुटवल, वैशाख १६– लुम्बिनीमा दुई दिनदेखि जारी बौद्ध सम्मेलन १० बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार समापान गरे । सम्मेलनले १० बुँदे लुम्बिनी घोषणापत्र–२०१८ जारी गरेको छ ।
लुम्बिनीलाई भगवान् गौतम बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने सम्मेलनले निर्णय समेत गरेको छ ।
सम्मेलनका विभिन्न २३ मुलुकका बौद्ध भिक्षु, धर्मगुरूहरू सहभागी थिए । भगवान् बुद्धको जन्मस्थल, बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्वीकार गर्दै प्रवद्र्धन गर्ने प्रतिबद्धता गरेको छ ।
सो अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले लुम्बिनी विश्वलाई चिनाउने उद्गत ठाउँ रहेको बताए । ओलीले लुम्बिनी गुरूयोजना छिट्टो सक्न सरकार रहेको बताए । सम्मेलनले १० बुँद्धे घोषणापत्र समेत जारी गरेको छ ।
लुम्बिनी घोषणापत्र–२०१८ यस्तो रहेको छ ।
१.सन् २०१६ मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवद्धर्न गर्ने ।
२.केन्जो टागेंद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने ।
३.अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको लागि एक भइ काम गर्ने ।
४ लुम्बिनीमा शान्ति र द्वन्द्वको निरुपणको लागि अन्तर्राष्टिय केन्द्र स्थापना गर्ने ।
५ लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटको रुपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बंगलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरुलाई प्रवद्र्धन गर्ने ।
६बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।
७बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदुषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।
८कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गर्ने ।
९बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने ।
१० लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने रहेका छन् ।