×

Nic Asia
Marvel

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

काठमाडाैं | बैशाख २०, २०७५

NTC
TVS INSIDE

मेलम्ची, २० वैशाख- सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले टेण्डर खोलेर नदीजन्य पदार्थको निकासीलाई अनुमति दिएको इन्द्रावती र सुनकोशी नदीबाट जिससको र सम्बन्धित नगरपालिकाको मिलेमतोमा ठेकेदारले अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने गरेका छन् । 

मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट नदीजन्य पदार्थ उत्खनन गर्न निश्चित मापदण्ड बनाएको भएपनि मापदण्ड विपरीत उत्खनन् गरिरहँदा नगरपालिकाले चासो दिएको छैन । 

नेपाल सरकारले क्रसर सञ्चालनका लागि राजमार्गबाट ५०० मिटर टाढा, खोलाकिनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापदण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापदण्ड विपरीत निर्वाधरुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् । 

नाम नबताउने शर्तमा एक स्थानीय भन्नुहुन्छ, “जिसस र नगरपालिकाले तोकेको स्थानभन्दा बाहिरबाट मनोमानी तरिकाले गिट्टी बालुवा उत्खनन गरिरहेको भए पनि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र सम्बन्धित निकायले भने कुनै कारबाहीको दायरामा ल्याउने गरेका छैनन् ।” 

नदीको धार नै परिवर्तन गरेर अवैध उत्खनन गर्दा र अनाधिकृतरुपमा नदीभित्र स्काभेटर प्रयोग गरेको सूचना दिँदासमेत स्थानीय प्रशासन र नगरपालिकाले कुनै प्रतिक्रिया नदिने स्थानीय बताउँछन् । 

पाल्चोकी क्रसरदेखि लामा क्रसरसम्मले नदीको धारनै परिर्वतन गरी उत्खनन गर्ने गरेका छन् । स्वतन्त्ररुपमा बगेको नदीको धार परिर्वतन गरी नदीजन्य पदार्थ झिक्दा पनि नगरपालिकाले कानमा तेल हालेर बसेकाले रकमको चलखेल भएको स्थानीयले आरोप लगाएका छन् । 

स्काभेटरले खन्दा इन्द्रावती नदी किनारभरि ट्र्याक्टर नै पुरिने खाल्डा बनेका छन् । बाहुनीपाटीका एक स्थानीयवासीका अनुसार रातदिन नदीमा स्काभेटर प्रयोग गर्छन् । रातमा स्काभेटर चलेर निन्द्रासमेत लाग्दैन तर स्थानीय प्रशासन मौन बस्छन्, रोक्नका लागि कुरा गर्दासमेत वास्ता गर्दैनन् । 

स्थानीय सञ्चारकर्मीले स्काभेटरले खोलाभित्रबाट धारै परिर्वतन गरी नदीजन्य पदार्थ निकालेकोे इप्रका मेलम्चीलाई पटकपटक जानकारी गराउँदा प्रहरी निरीक्षक पर्शुराम मल्लले नगरपालिकाबाट कारबाहीको लागि कुनै आधिकारिक पत्र नआएको बताउनुभयो । 

“नदी किनारबाट क्रसर हुँदै हिँड्ने नगरपालिकाका प्रमुखले धार परिवर्तन गरेको देख्दादेख्दै त कुनै चासो दिँदैनन् भने हामीले कराएर केही लाग्दैन । नदीको बहावलाई रोकेर नदीको बाटो नै परिवर्तन गरी क्रसर व्यवसायीले मोटो रकम बुझाएका कारणनै यसको रोकथाम नभएको हो,” स्थानीय करुणासागर सिग्देल बताउनुहुन्छ । 

नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी क्रसरले असंख्य खाल्डो बनाएको छ । सोही खाल्डोमा परी मेलम्चीको गिरानचौर मामाघर आएका भोजपुरका ११ वर्षीय कर्साङ तामाङको वैशाख ६ गते डुबेर मृत्युभएको थियो । 

नगरपालिका र जिल्ला समन्वय समितिले तोकेको नियमअनुसार पुलको ५०० मिटर वरपरबाट गिट्टी, बालुवा निकाल्न पाइँदैन । तर, पनि उत्खनन् भइरहेको छ । पुलको १०० मिटरभन्दा नजिकैबाट दिनहुँ ट्र्याक्टर स्काभेटरले गिट्टी, बालुवा र ढुंगा लैजाने गरेको स्थानीय दीपेश खनालले बताउनुभयो । 

पुल नजिकैबाट गिट्टी, बालुवा र ढुंगा हुँदा पुलनै जोखिममा परेको खनाल बताउनुहुन्छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीय नगरपालिकाले अनुगमन गरेको र मापदण्डभित्र नरहेको पाउँदासमेत कारबाहीको दायरामा ल्याउन सकेको छैन । कारबाही गर्छौं भन्दै देखावटी अनुगमन गर्ने र पछि रकमको चलखेलमा चुप बस्ने गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । 

अवैधरुपमा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको जानकारी आफूले पाएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी पाउनासाथ आफूले कारबाहीका लागि स्थानीय नगरपालिका र प्रशासनलाई पत्राचार गरेको जानकारी दिनुभयो । 

नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ भने खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् । 

नगरपालिका र प्रहरी प्रशासनले मापदण्डविपरीत क्रसर सञ्चालन गरेको पाएमा कारबाही गर्न समिति गठन गरेको भए पनि अहिलेसम्म अनुगमन गरेको छैन । अवैध उत्खनन भएको पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि अनुगमन गर्ने भन्दै टार्ने गरेका छन् । 

नदी गहिरिएर सिँचाइका लागि बनाएको कुलोमा समेत पानी नचढ्ने भएको कृषक भीम माझीले गुनासो गर्नुभएको छ । क्रसरले नदीमा बनाएको खाल्डोले नदी गहिरिएर पानी नचढेपछि धान रोपाइँ गर्न समस्या भएको माझीले बताउनुभयो । 

जिसस प्रमुख तामाङले नियमविपरीत क्रसर सञ्चालन गरेमा तथा नदीजन्य पदार्थ उत्खनन् गरी वातावरणमा प्रदूषण बढाउने कार्य गरेमा तुरुन्तै कानूनी दायरामा ल्याएर कारबाही गर्ने भन्दै टार्ने गर्नुभएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ७, २०७९

नेपाली सेनाले काठमाडौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि जनशक्ति माग गरेको छ । सेनाले विभिन्न तहमा काम गर्न ६ जना कर्मचारी माग गरेको हो ।  उनीहरूलाई करार सेवा अन्तर्गत सुविधा दिइने सेनाले ज...

जेठ ६, २०७९

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ ।   भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण ख...

जेठ ७, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा जेब्रा क्रसमा  मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  शुक्रबार राति सवा १० बजेको समयमा योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु५४प ७३०७ नम्बरको...

जेठ ६, २०७९

नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाड...

जेठ ६, २०७९

हावाहुरीका कारण चितवनको नारायणी नदी पुल नजिक ट्रक दुर्घटना भएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना हुन प्रहरीले जनाएको छ ।   शुक्रबार साँझ भएको दुर्घटनामा ट्रकमा सवार २ जना सामान्य घाइते भ...

जेठ ७, २०७९

डोटीमा शनिवार बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा परी घाइते भएका १२ मध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x