३१ असार २०८३, बुधबार

हावाहुरीको बितण्डा : एकैपटक १०० बढी बिजुलीको पोल ढले

बैशाख २०, २०७५
हावाहुरीको बितण्डा : एकैपटक १०० बढी बिजुलीको पोल ढले
फाइल तस्बिर

कपिलवस्तु, २० वैशाख– बुधबार राति आएको हुरी बतासका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्का १०० भन्दा बढी खम्बा भाँचिएका छन् । 

त्यसबाट तीन ट्रान्सफर्मर पनि खसेको छ । यशोधरा गाउँपालिकाको भंडेहर, कृष्णनगर नगरपालिकाको कर्मा र मायादेवी गाउँपालिकाको अभिरावमा ट्रान्सफर्मर खसेको नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाले जनाएको छ । भाँचिएका खम्बा, तार र खसेको ट्रान्सफर्मरका कारण करीब रु ३० लाख बढीको नोक्सानी भएको शाखा प्रमुख हिमांशु यादवले बताए । 

जिल्लाका बर्रोहिया, पकडी, हथिहवालगायत पूर्वीतर्फका गाउँमा विद्युत् खम्बा भाँचिएका कारण यस क्षेत्रको विद्युत्लाइन अवरुद्ध भएको छ । विद्युत्लाइन सञ्चालन गर्न बिहान सबेरैदेखि प्राविधिकको टोलीसहित आफूहरु फिल्डमै खटिएको कार्यालय प्रमुख यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्