२२ असार २०८३, सोमबार

बनेपा- चक्रथपमा चल्ने मयुर यातायातको सेवा रत्नपार्कसम्म

बैशाख २१, २०७५
बनेपा- चक्रथपमा चल्ने मयुर यातायातको सेवा रत्नपार्कसम्म

काठमाडौं २१ वैशाख– सिण्डिकेट पक्षधर यातायात व्यबसायीले सार्वजनिक यातायात बन्द गरेपछि मयुर यातायातले बनेपादेखि रत्नपार्कसम्म सेवा विस्तार गरेको छ । 

यसअघि चक्रपथ परिकर्मा गरेर बनेपा पुग्ने मयुरका बस आज बनेपादेखि रत्नपार्कसम्म चलेका छन् । मयुरका बसले रत्नपार्कदेखि बनेपासम्म यात्रु ओसारेका छन् । 

सिण्डिकेटविरुद्ध साझा, मेट्रे सिटी र अन्नपूर्ण यातायातले पनि यात्रु ओसारेका छन् । मयुर यातायाताई बनेपासम्म इजाजत दिएको विरोधमा यातायात व्यबसायीले आन्दोलन शुरु गरेका थिए । 

व्यबसायीको दादागिरी अन्त्य गर्न भन्दै सकारले सिण्डिकेट खारेज गरेपछि व्यबसायी आन्दोलनमा उत्रिएका हुन् । यातायात व्यबसायीको आन्दोलनका कारण शुक्रवार सिमित सार्वजनिक यातायात सडकमा गुडेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्