काठमाडौं,२७ मंसिर– करिना कपूर अहिले गर्भवती छिन् । डिलिभरीको केही दिनमात्रै बाँकी छँदा करिना कपूर विरामी परेकी हुन् ।

आगामी २० डिसेम्बरसम्ममा करिना कपूरको डिलिवरी हुने चिकित्सकले बताएका थिए । डिलिवरीको केहि दिन अगाडि करिना विरामी परेपछि परिवारमा चिन्तामा परेको छ ।
करिना र सैफले केही दिन अगाडि पार्टीको आयोजना गरेका थिए । करिनाको अचानक ब्लड प्रेसर बढेर उनको स्वास्थ्यमा समस्या आएको थियो । पार्टीमा मलाइका अरोडा र अमृता अरोडा थिए । पार्टीकै क्रममा धेरे खुशी भएका करिनाको अचानक प्रेसर बढेपछि उनको उपचारको लागि सैफले नजिकैको अस्पतालबाट घरमै डाक्टर बोलाएका थिए ।

गर्भवती भएर पनि विभिन्न कार्यक्रम तथा पार्टीमा सहभागी भइरहेकी करिनाको व्यस्त जीवनका कारण पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको छ ।
अहिले भने करिनाको प्रेसर नियन्त्रणमा आएको छ ।र, उनको स्वास्थ्य सामान्य छ । एजेन्सी