२२ जेठ २०८३, शुक्रबार

नेपाल आउनुअघि मोदीले गरे तीन ट्वीट

बैशाख २७, २०७५
नेपाल आउनुअघि मोदीले गरे तीन ट्वीट

काठमाडौं, २७ वैशाख – शुक्रवार नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार पर्सनल ह्यान्डलबाट भ्रमणसम्बन्धी तीनवटा ट्वीट गरेका छन् । 

तीन मिनेटको अन्तरमा तीनवटा ट्वीट गरेका मोदीले नेपाल भारत सम्बन्धका बारेमा चर्चा गरेका छन् । 

पहिलो ट्वीटमा उनी लेख्छन् : म ११ र १२ मेमा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमण गर्दैछु । यो भ्रमणले भारत नेपालसँगको मैत्री सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ भनी झल्काउँछ । द्विपक्षीय साझेदारीलाई थप गहिरो बनाउने उपायका लागि म प्रधानमन्त्री ओलीसँग विस्तृत चर्चा गर्नेछु ।’

अर्को ट्वीटमा उनले कहाँ कहाँ भ्रमण गर्ने भनी खुलाएका छन् । ‘यो भ्रमणमा काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथ जाने कार्यक्रम छ । यिनीहरू तीर्थाटन र पर्यटनका जीवन्त केन्द्र हुन् । यिनीहरू दुई राष्ट्रलाई एकसूत्रमा राख्ने बलियो सांस्कृतिक सम्बन्धका प्रमाण हुन् ।

— Narendra Modi (@narendramodi) May 10, 2018

तेस्रो ट्वीटमा उनले नेपालको नवयुगको चर्चा गरेका छन् । ‘नेपाल लोकतन्त्रको उपलब्धिलाई बलियो बनाउन र आर्थिक वृद्धि हासिल गर्ने नवयुगमा प्रवेश गर्न लाग्दा नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को योजनामा भारत सुदृढ साझेदार बन्नेछ ।

तेस्रो ट्वीट लेख्ने क्रममा मोदीले ‘पार्टनर’ शब्दको हिज्जे बिगारेका छन् । उनले ‘पार्टर’ लेखेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्