
जनकपुरधाम, २७ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटको घोषणा गरेका छन् ।
जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चनापछि ओली र मोदीले रामायण सर्किटको घोषणा तथा जनकपुर-अयोध्या बस सेवाको शुभारम्भ गरेका हुन् ।
जनकपुरबाट अयोध्या प्रस्थान गर्न लागेको बसलाई दुवै प्रधानमन्त्रीले हरियो झण्डा देखाए ।
बस सेवाको शुभारम्भ गर्ने क्रममा दुवै प्रधानमन्त्रीले राम र सीताको जन्मभूमिलाई जोड्ने गरी बस सेवा शुरु हुन लागेको बताए । यसले अयोध्या र जनकपुरबीचको सम्बन्ध अझै प्रगाढ बनाउने उनीहरूको विश्वास छ ।


