
धनकुटा, ३ जेठ- धनकुटाको साँगुरीगढी गाउँपालिकाको दिलुङटारका बालबालिकाहरू कष्टपूर्ण यात्रा गरेर विद्यालय जान वाध्य छन् । दिलुङटारमा प्राथमिक तहसम्म मात्र विद्यालय भएकाले शहीदभूमि गाउँपालिकाको आदर्श माध्यमिक विद्यालय जानुपर्ने बाध्यता छ ।
तर, बाटोमा गएको सुख्खा पहिरोका कारण बालबालिका जोखिम मोलेर स्कुल जान बाध्य बनेका हुन् । साँगुरीगढी गाउँपालिकाले दिलुङटारदेखि सानो सफाइसम्म सडक बनाएको भए पनि माथिबाट आएको सुक्खा पहिरोले बाटो पुरेको छ । ठूला मानिसलाई यात्रा गर्नसमेत कष्टपूर्ण रहेको सो बाटोमा बालबालिकाको यात्रा झनै पीडादायी रहेको लक्ष्मी मावि महाभारतका शिक्षक दूर्गा खड्काले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ |