३१ असार २०८३, बुधबार

अब नयाँ पार्टीमा पूरानो पार्टी खोजेर पाइँदैनः प्रचण्ड

अब नयाँ पार्टीमा पूरानो पार्टी खोजेर पाइँदैनः प्रचण्ड

काठमाडौं– नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निष्टालाई आत्मसाथ गरेर आफूहरु अघि बढेको बताएका छन् । उनले अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् ।

बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।

प्रचण्डले अस्थिरता र अराजकताको युग समाप्त भई आर्थिक समृद्धिको युग सुरुवात भएको पनि बताए । पार्टी एकता हुँदै गर्दा कसरी एकतालाई अभिव्यक्त गर्ने भन्नेमा शब्दको दुख भइरहेको बताउँदै प्रचण्डले विश्वलाई नै स्थिरता, विकास र सुशासनको सन्देश दिन एकता अर्थपूर्ण र बहुआयामिक भएको बताए ।

विगतमा कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए । प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको पनि सो क्रममा बताए । उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए । उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए ।

जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो । उनले आफ्नो जीवन निरन्तरतालाई क्रमभंगता गर्ने भएको पनि बताए । उनले अब नयाँ पार्टीमा पूरानो पार्टी खोजेर नपाइने पनि बताए । जाँदाजाँदै प्रचण्डले युवा पुस्ताले अब सयौं वर्ष नबिर्सने पनि बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्