२८ जेठ २०८३, बिहीबार

नेकपाका नवनियुक्त महासचिव विष्णु पौडेलले कार्यभार सम्हाले

नेकपाका नवनियुक्त महासचिव विष्णु पौडेलले कार्यभार सम्हाले

काठमाडौँ, ४ जेठ - नेकपाका नवनियुक्त महासचिव विष्णुप्रसाद पौडेलले धूम्बाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए । 

बुधबार नेकपा एमाले र माओवादी केन्द्र एकता भएर गठन भएको नेकपाले विष्णु पौडेललाई महासचिव चयन गरेको छ । 

आजै  नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धूम्बाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

एमाले र माअोवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ । 



 

salt training

कमेन्ट गर्नुहोस्