१९ असार २०८३, शुक्रबार

‘एकता हुनै सक्दैन भन्नेले फेरि ओली र प्रचण्ड मिल्नै सक्दैनन् भन्न थाले’

‘एकता हुनै सक्दैन भन्नेले फेरि ओली र प्रचण्ड मिल्नै सक्दैनन् भन्न थाले’

काठमाडौं, ४ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय  केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डले एकता हुनै सक्दैन भन्नेहरुले एकता भइसकेपछि फेरि टिकाउ हुन सक्दै भनि अफबाह फैलाउन लागिपरेको अभिव्यक्ति दिएका छन् । 

नेकपाको कार्यालय कोटेश्वर पेरिसडाँडाको अवलोकनपछि आयोजित कार्यक्रममा दुबै अध्यक्षले दुई पार्टीको एकता कुनैपनि हालतमा टुट्न नदिने प्रतिबद्धता जनाए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका  अध्यक्ष ओलीले विराधीहरुले एकता भएपनि टिकाउ  हुन नसक्ने भन्दै भाका फेर्न थालेको बताए । 

‘एकता हुनै सक्दैन भन्नेहरुको हिजोबाट भाका फेरिन थालेको छ । एकता त भयो तर टिकाउन गाह्रो छ भन्न थालेका छन्’, ओलीले भने, ‘ केपी ओली र प्रचण्ड एक ठाउँमा मिलेर बस्नै सक्दैन भन्न थालेका छन् ।  म के भन्न चाहन्छु भने हामीहरु पार्टी र सरकार प्रमुख भइसकेका छौं । अब भूतपूर्व भन्दा माथितिर फोटो टाँसिने हैन क्यारे ।’

उनले नेतृत्वकै कुरा गर्ने हो भने प्रचण्डले  ३० वर्ष र माधव नेपालले समेत १५ वर्ष पार्टी चलाइसकेको  भन्दै अब कसैलाई पदको लोभ नभएको बताए   ।  उनले भने, ‘अब हामीलाई कुन पद चाहिएको छ र ! यी सबै विरोधीहरुले फैलाएको हल्लामात्रै हो ।’


ओलीले विगतमा सफलताका साथै  असफलता अनेकन् श्रृंखलाहरु पार गरेर यहाँसम्म आइपुगेको  स्मरण गर्दै अब सबै एकजुट भएर देश बनाउन लागिपर्ने पनि बताए । 

एकीकृत पार्टीमा विचारबारे कुनै विवाद नरहेको   र  अब मिलेर समृद्धि,सामाजिक न्याय र समनामूलक समाज निर्माणकाललागि काम उनको भनाई थियो । 

उनले अगाडि भने, ‘हामीबीच  एकता हुँदा कुनै भ्रम नरहोस्  जनताको हित, परिवर्तनकारी मूल्य र मान्यताहरुलाई छाडेर मिलेको होइन  । देशको हितका लागि सैद्धान्तिक मूल्य मान्यता सबै मिलाएर एक भएका हौं ।’

उनले अब नेकपा शक्तिशाली  बनेको भन्दै कम्युनिष्टलाई टक्कर दिने कोहि पनि नभएको समेत दाबी गरे । 

यस्तै नेकपाका अर्का अध्यक्ष  प्रचण्डले देशमा नयाँ इतिहास सुरु भएको प्रतिक्रिया दिए । उनले अब विज्ञानको युगलाई पनि पचाएर देशलाई नयाँ तीब्र गतिका साथ अघि बढाउने उद्घोष गरे । 

शुक्रवार साढे ५ बजे ओली र प्रचण्ड पेरिसडाँडा पुग्दा पूर्व माओवादीका कार्यकर्ताले उनीहरूलाई भव्य स्वागत गरेका थिए । 

ओली र प्रचण्डसँगै महासचिव विष्णु पौडेल र सचिवालयका नेताहरू पनि कोटेश्ववर पुगेका थिए । 
 प्रचण्ड र ओलीलाई एउटै टेवलमा दुईवटा कुर्सीको व्यवस्था गरिएको थियो । 

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता भएको थियो । एकताको भोलिपल्ट ओली र प्रचण्डले दुवै कार्यालयमा गएर पदभार ग्रहण गरेका छन् । 

अपराह्न धुम्बाराहीस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा गएर पदभार सम्हालेपछि अध्यक्षद्वयसहित सचिवालय सदस्यहरु पेरिसडाँडा पुगेका थिए । 

सम्बोधन अघि पेरिसडाँडामा दुवै नेताले शहीदको शालिकमा माल्यार्पण समेत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्