२२ असार २०८३, सोमबार

राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री बिना मगर

राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री बिना मगर

काठमाडौं, ५ जेठ– खानेपानी मन्त्री बिना मगरले राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

काठमाडौंको नागार्जुन नगरपालिका–२ तिनघरे रातोगुम्बामा आइडब्लूएफएन कराँते डो एसोसिएसन र नागार्जुन तिनघरे युवा क्लबले आयोजना गरेको ३ नम्बर प्रदेश स्तरीय वादो कराँते च्याम्पियनसिप प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताउनुभयो । 

‘कराँते मात्रै होइन, विभिन्न विधाका खेलले राष्ट्रको गौरव बढाएका छन् । अहिले क्रिकेटर सन्दीप लामिछाने विश्वभरि चर्चामा छन्,’ उहाँले भन्नुभयो, ‘जनस्तर र युवामाझ खेलकुदप्रति उच्च आकर्षण रहेको छ ।’ खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने बताउँदै मन्त्री मगरले अनि मात्रै देश विकास र समृद्धिका लागि सोच्न सकिने बताउनुभयो ।

 ‘राष्ट्रका निम्ति योग्य र सक्षम नागरिक उत्पादन गर्न समेत खेलकुदको महत्व छ,’ उहाँले भन्नुभयो, ‘खेलकुदले समाजका विकृतिविरुद्ध लड्ने उर्जा प्रदान गर्छ, युवालाई समाज परिवर्तनमा लाग्न प्रेरित गर्छ ।’ मन्त्री मगरले खेलकुदको विकासका लागि आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘खेलकुदको विकासका लागि स्थानीय स्तरमा स्वस्फूर्त हुने प्रयास प्रशंसनीय रहेका छन्,’ उहाँले भन्नुभयो ।
 

salt training

कमेन्ट गर्नुहोस्