०३ असार २०८३, बुधबार

अराजकता र भ्रष्टचार रोक्न आन्दोलन अपरिहार्य : समाजवादी कांग्रेस

अराजकता र भ्रष्टचार रोक्न आन्दोलन अपरिहार्य : समाजवादी कांग्रेस

काठमाडौं, ७ जेठ– नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । समाजवादी कांग्रेसले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशमा व्यापक भ्रष्टचार बढेको र त्यसका लागि आन्दोलन जरुरी भएको भन्दै आन्दोलनको घोषणा गरेको हो । 

पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना जरुरी भएकाले त्यसका लागि आन्दोलनको घोषणा गरिएको बताए । उनले हाल देशमा बढ्दै गएको अराजकता र भ्रष्टचार रोक्न पनि आन्दोलन अपरिहार्य भइसकेको बताए ।

अध्यक्ष यादवले सरकार पछिल्लो समयमा दमनकारी बाटोमा लागेकाले यो सरकारबाट जनताले अधिकार पाउन नसक्ने बताए । पत्रकार सम्मेलनमा महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । 

उनले शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा आफ्नो पार्टी कार्यालयमा सरकारले धरपकड गरेकोमा आपक्ति जनाए । महासचिव निरौलाले सरकार निरंकुसताको बाटोमा हिडेका कारण सरकारविरुद्ध एक भएर लाग्न अपिल गरे । 

‘यो सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन’ उनले भने, ‘अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ । अब हामी चुप लागेर बस्दैनौं ।’ सो पार्टीले बैशाख २८ मा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी आउँदा मोदीको विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । 

लगत्तै प्रहरीले सो पार्टीको कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहितलाई गिरफ्तार गरेको थियो । गिरफ्तार सबै कार्यकर्तालाई ६ दिनपछि रिहा भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्