२३ असार २०८३, मंगलबार

मन्त्री लालबाबुको सम्पत्ति– बैंकमा ५५ लाख, घरमा पुरानो साइकल !

मन्त्री लालबाबुको सम्पत्ति– बैंकमा ५५ लाख, घरमा पुरानो साइकल !

काठमाडौं, ९ जेठ– केपी ओली नेतृत्वको सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण पेश गरेका छन् । 

मन्त्री पण्डितले सार्वजनिक गरेको विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको उल्लखे गरिएको छ । 

त्यस्तै सगोलको ४ आना जग्गा ललितपुरको भैसेपाटीमा रहेको र पैत्रिक रुपमा प्राप्त गरेको उल्लेख गरेका छन् । 

मन्त्री पण्डितले सम्पत्ति विवरणमा पत्नी विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् जुन पैत्रिकरुपमा प्राप्त भएको जनाइएको छ । 

पण्डितसँग एभरेष्ट बैंकको मुद्दती खातामा २५ बैंक व्यालेन्स रहेको छ । उक्त रकम पैत्रिक रुपमा आर्जन भएको जनाएका छन् । त्यस्तै पत्नी विमला पण्डितसँग एभरेस्ट बैंक र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रहेको उल्लेख गरेका छन् । जसलाई उनले स्वआर्जन, पैत्रिक  र व्याज भउको उल्लेख गरेका छन् । 

उनले आफ्नो समपत्ति विवरणको सवारी साधन शिर्षकको विवरणमा एक थान पुरानो साइकल उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे सम्पत्ति–बैंकमा ७७ लाख, डेढ रोपनीमा दुईवटा घर

 

salt training

कमेन्ट गर्नुहोस्