
काठमाडौं,९ जेठ– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार भारतको दिल्ली लगिएको छ ।
दुई साता अघिदेखि ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा उपचारत राष्ट्रकवि घिमिरेलाई बुधबार दिल्लीको मेदान्त अस्पतालमा थप उपचारको लागि रिफर गरिएको ग्राण्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए ।
क्रोनिक ग्यास्ट्राइटिस र उच्च रक्तचापको समस्या देखिएका ९९ वर्षीय घिमिरेको दिशामा निरन्तर रगत बग्ने समस्या देखिएपनि इन्डोस्कोपी गर्दा शरीरको कुन भागबाट रगत बगेको हो भन्ने पत्ता नलागेपछि दिल्ली रिफर गरिएको डा. पाण्डेको भनाइ छ ।