१४ असार २०८३, आइतबार

मौसम परिवर्तनसँगै ज्वरो र रुघाखोकीका बिरामी बढे

जेठ १०, २०७५
मौसम परिवर्तनसँगै ज्वरो र रुघाखोकीका बिरामी बढे

तनहुँ, १० जेठ- केही दिनयतादेखि दमौली अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ । 

मौसम परिवर्तन सँगसँगै अस्पतालमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । जेठको पहिलो हप्तादेखि नै बिरामीको चाप अत्यधिक रहेको जानकारी उहाँले दिनुभयो । भाइरल ज्वरो, विषमज्वरो, रुघाखोकीका बिरामीको चाप बढेको उहाँले बताउनुभयो । 

दैनिक १६० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्, डा श्रेष्ठले भन्नुभयो । बिरामीलाई साफसुग्घर भएर बस्न, उमालेको पानी खान, तातो झोल पदार्थ खान, बासी सडेगलेका खानेकुरा नखान, सल्लाह दिँदै आएको अस्पतालका डा सृजना शर्माले बताउनुभयो ।

दैनिक १५/२० जना इमर्जेन्सीका बिरामीको स्वास्थ्य जाँच गर्दै आएको स्वास्थ्यकर्मी बताउँछन् । 

व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिकालगायत क्षेत्रबाट बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालले जनाएको छ । दाँतका समेत दैनिक २०/२५ जना बिरामी आउने गरेको डा दीपेन्द्र राय यादवले बताउनुभयो । 

अस्पतालका जनस्वास्थ्य निरीक्षक ऐश्वर्य भट्टराईले गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । “दूषित पानी र फोहरमैलाका कारण हुने महामारी फैलन नदिन हामीले उच्च सतर्कतासमेत अपनाएका छाँै,” भट्टराईले भन्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्