३० असार २०८३, मंगलबार

ढुंगेलको रिहाइ तयारी सर्वसत्तावाद लाद्ने नियतले प्रेरित - शान्ति समाज

ढुंगेलको रिहाइ तयारी सर्वसत्तावाद लाद्ने नियतले प्रेरित - शान्ति समाज

काठमाडौं, ११ जेठ –मानव अधिकार तथा शान्ति समाजले हत्या अभियोगमा अदालतबाट दोषि ठहर भई कारावास सजाय भोगिरहेका पूर्वसभासद् तथा तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारी निकायको निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको जनाएको छ । 

शान्ति समाजले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी सरकारको सो निर्णय कानूनी प्रावधानको दुरुपयोग गर्दै दोषिलाई उन्मुक्ति दिने र दण्डहीनतालाई संस्थागत गर्ने कार्य हुने भन्दै विरोध जनाएको हो ।

‘यस्तो स्वेच्छाचारी प्रवृत्ति विधिको शासन र न्यायिक सर्वोच्चतामाथि चुनौति हो । आवरणमा, आचरणका आधारमा कैद मिनाहाको तर्क सरकारी निकायले अघि सारेता पनि यो निर्णय गम्भीर अपराधको आरोपमा अदालतमा चलिरहेका अन्य मुद्धा फिर्ता लिने, द्वन्दकालिन अपराधका घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने र सर्वसत्तावाद लाद्ने नियतले प्रेरित भएको हुँदा यो निर्णयको शान्ति समाज निन्दा गर्दछ’ समाजका अध्यक्ष डा गंगाधर पराजुलीले विज्ञप्तिमा भनेका छन्, ‘अपारदर्शी तवरले कैद मिनाहाको निर्णयहरु भइरहेको हुँदा कैद मिनाहाको निर्णय गर्ने वर्तमान परिपाटीमाथि पुनरावलोकन गर्नुपर्दछ ।’

सरकारले गणतन्त्र दिवसको अबसरमा पूर्वसांसद ढुंगेलको सजाय माफ गर्ने तयारी गरेको समाचार प्रकाशमा आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्