०२ साउन २०८३, शनिबार

रियल म्याड्रिडले  जित्यो च्याम्पियन्स लिगको उपाधि, चम्किए गेराथ बेल

जेठ १३, २०७५
रियल म्याड्रिडले  जित्यो च्याम्पियन्स लिगको उपाधि, चम्किए गेराथ बेल

काठमाडौं, १३ जेठ–  च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ ।  गएराती सम्पन्न फाइनलमा लिभरपुललाई ३–१ ले पराजित गदैए रियल  लिग च्याम्पियन बनेको हो ।  रियलको उपाधिमा यो ह्याट्रिक हो । 

खेलमा रियलको लागि गेराथ बेलको उत्कृष्ट प्रदर्शन रह्यो भने लिभरपुलका लागि आफ्नो  गोलकिपर ह्युगो लोरिसको गल्तीले गल्ती गर्दा हार खान पुग्यो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकियो भने  दोस्रो हाफको शुरुवातमा भने  गोलकिपर लोरिसको गल्तीको फाइदा उठाउँदै करिम बेन्जेमाले रियललाई सुरुवाती अग्रता दिलाए ।  तर, लगत्तै  साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै  खेलको ६४ औँ मिनेटमा गेराथ बेलले रियललाई पुनः अग्रता दिलाए । 

खेलको ८२ औँ मिनेटमा फेरि उनले तेस्रो गोल गरे । 

त्यसपछि कुनै गोल हुन सकेन र रियलले उपाधि रक्षा गर्यो । 


 


 

salt training

कमेन्ट गर्नुहोस्