३१ असार २०८३, बुधबार

दयाराम परियार स्मृति पुरस्कार अधिकारी र पन्तलाई  प्रदान

दयाराम परियार स्मृति पुरस्कार अधिकारी र पन्तलाई  प्रदान

ललितपुर, १३ जेठ- यस वर्षको दयाराम परियार स्मृति  पुरस्कार मानव सेवा आश्रमका रामजी अधिकारी र प्रेस स्वतन्त्रता सेनानी प्रेमकुमारी पन्तलाई प्रदान गरिएको छ  । 
राष्ट्रिय मानव अधिकार आयोगको अठारौं  स्थापना दिवशको अवसरमा आज ललितपुरमा आयोजित समारोहमा अधिकारी र पन्तलाई दयाराम परियार स्मृति पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको  छ ।
अधिकारकर्मी परियारको सम्मानमा राष्ट्रिय मानव अधिकार आयोगले विगत सात वर्षदेखि प्रदान गर्दै आएको सम्मानलाई यस वर्षदेखि पुरस्कारमा रुपान्तरण गरिएको हो । 

यो सम्मान यसअघि अधिकारकर्मीहरु दुर्गा घिमिरे,चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा.शिवमाया तुम्वाहाङफे, वलदेव राम, मातृका देवकोटा , श्यामसुन्दर शशी, नजवुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार रक्षक दयाराम परियारलाई २०६२ साल चैत्र ११ गते जनकपुरमा मानव अधिकार अवस्था अनुगमनकैक्रममा प्रहरीको गोली लागेको थियो । अधिकारकर्मी परियारको उपचारकै क्रममा २०६२ चैत्र १५ गते शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो  ए ।

salt training

कमेन्ट गर्नुहोस्