२८ जेठ २०८३, बिहीबार

खान नपाएको भन्दै चालकहरुले ‘उपद्रो’ मच्चाएपछि ! (तस्बिरसहित)

खान नपाएको भन्दै चालकहरुले ‘उपद्रो’ मच्चाएपछि ! (तस्बिरसहित)

विराटनगर, १६ जेठ –विराटनगरस्थित बिग होटलमा आयोजित एक कार्यक्रममा जनप्रतिनिधिका सवारी चालकहरुले खाना खान नदिइएको भन्दै  होटल बाहिर आन्दोलन नै गरेका छन् । 

स्वीस दूताबासको सहयोग र  प्रदेश नम्बर १ को  आयोजनामा  गरिएको जनप्रतिनिधिहरुको प्रदेश स्तरीय कार्यशालामा चालकहरुले खाना खान नपाएको झोँकमा आन्दोलन गरेका हुन् । 

कार्यक्रमको लागि बुधबार बिहान ८ बजेदेखि नै एक नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहका मेयर, प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिती रहेको थियो । यद्यपी ३०० सहभागीको लागि भनेर खाना तयार पारिएकोमा १ सय ५० थपिएर ४ सय ५० पुगेका थिए । 

यसरी एकाएक सहभागि धेरै भएपछि कार्यक्रममा सहभागि जनप्रतिनिधिका चालकहरुलाई आयोजकले बाहिर निकालेको थियो । चालकलाई बाहिर निकालेसँगै उनीहरुले रुष्ट बन्दै होटल बाहिर आन्दोलन गरेका हुन् । 

वेलवारी नगरपालिकाका चालक  राजकुमार राईले आफूहरुलाई  हेपेर बाहिर निकालिएको भन्दै आयोजकले जनप्रतिनिधिलाई बोलाएपछि चालक पनि आउँछन् भन्ने भुलेको आरोप लगाए ।  बाहिर पठाइएपछि  जनप्रतिनिलाई मात्रै खानपानको व्यवस्था गरी चालकलाई दिनभर भोकै राखिएको उनले आक्रोश पोखे । 

अर्का चालक  मनोज सापकोटाले खाना खान भित्र जान खोज्दा होटलका गार्डले धकेलेर बाहिर निकालेको आरोप समेत लगाए ।  
तेह्रथुमबाट आएका चालक समशेर मगर पनि भोकै बस्नु परेको सुनाउँदै थिए । उनी जिल्ला समन्वय समिति तेह्रथुमका चालक हुन् । 

होटलका जेनेरल म्यानेजर  केशवप्रसाद पौडेलले दिउँसो चालकहरुले आन्दोलन नै गरेपछि  मन्त्रीहरुलाई बोलाएर  छलफल गराएपछि समस्या समाधान भएको बताए ।  यो समस्या होटलले सिर्जना गरेको नभई आयोजकको तर्फबाट भएको पौडेलले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्