
विराटनगर, १७ जेठ– ३८ क्विन्टल सुन तस्करी प्रकरका फरार अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसर्पण गरेलत्तै उनको बयान शुरु भएको छ ।
प्रहरीका निलम्बित एसएसपी खत्रीले बिहीवार विहान अदालतमा आत्मसमर्पण गरेका हुन् । उनी अदालतमा उपस्थित भएसँगै जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा बयान शुरु गरिएको जिल्ला अदालत मोरङले जनाएको छ । उनको बयान सकिएपछि थुनछेक बहस शुरु हुने छ ।
सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।