१६ असार २०८३, मंगलबार

राष्ट्रिय सङ्ग्रहालयको ‘हरिविजोग’

जेठ १८, २०७५
राष्ट्रिय सङ्ग्रहालयको ‘हरिविजोग’

काठमाडौँ, १८ जेठ - काठमाडौंको छाउनीमा रहेको मुलुककै जेठो सङ्ग्रहालय राष्ट्रिय सङग्रहालय ऐन नियम विना नै ८० वर्षदेखि सञ्चालनमा छ । १९९५ साल फागुन १ गतेदेखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको यो सङ्ग्रहालयको अहिलेसम्म ऐन नियम बन्न सकेको छैन । ऐन नियम नहुँदा सङग्रहालयलाई विकास र विस्तार गर्न कठिन भएको सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले गुनासो गर्नुभयो । 
१८ हजारभन्दा बढी महत्वपूर्ण र विश्वकै दूर्लभ कला तथा वस्तुको सङ्ग्रह गरिरहेको यो सङग्रहालयमा त्यस्ता सामग्रीको विवरण समेत अझै ढड्डामा राखिएको छ । जसका कारण कुनै सामग्री वा वस्तु हराएमा खोजी गर्न र सङ्ग्रहालयकै हो भनेर प्रमाणित गर्न समेत निकै मुस्किल पर्ने गरेको छ । 
तर श्रेष्ठले अब भने राष्ट्रिय संग्रहलायलाई छिट्टै डेटावेश पद्धतिमा लैजाने जानकारी दिनुभयो । 
दैनिक सयौंको सङ्ख्यामा विदेशी पर्यटक सङ्ग्रहालयकै बाटो भएर स्वयम्भू आउने जाने गरे पनि सङग्रहालयमा प्रवेश गर्नेको सङ्ख्या भने नगन्य छ । बार्षिक दुई हजार विदेशी सङग्रहालय छिर्ने गरेको संस्थाले जानकारी दिएको छ । विदेशीका लागि सङग्रहालय प्रवेश शुल्क प्रतिव्यक्ति डेढ सय रुपियाँ तोकिएको छ यो प्रवेश शुल्कबाट सङ्ग्रहालयले वार्षिक करीब १२ लाख रुपियाँ आम्दानी गर्छ । 
विदेशमा जस्तो विभिन्न उद्देश्यले सरकारको पाहुना भएर आउने विदेशीलाई सङ्ग्रहालय देखाउने प्याकेज र कार्यक्रम बनाउने प्रचलन पनि नेपालमा विकास भएकै छैन । नेपाल आउने राज्यका पाहुनालाई सङ्ग्रहालय देखाउन सकेमा पनि यसको प्रचार प्रसार हुने श्रेष्ठको भनाइ छ, गोरखापत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्