२२ जेठ २०८३, शुक्रबार

डेनमार्कमा नयाँ कानून : अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

डेनमार्कमा नयाँ कानून : अनुहार ढाक्ने गरी बुर्का लगाउन प्रतिबन्ध

काठमाडौं, १८ जेठ– डेनमार्कमा पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । यो सम्बन्धी कानून १ अगस्टबाट लागू हुने छ । 

डेनमार्कको संसदमा भएको मतदानमा ३० का विरुद्ध ७५ भोटले विधेयक पारित भएपछि यो कानूनका रुपमा आउन लागेको हो । यो कानूनको असर बुर्का पहिरिने मुस्लिम महिलामा पर्ने छ ।

कानून उल्लंघन गरेमा १५७ डलर जरिवाना तिनुपर्ने तथा दोहोर्याएमा दश गुणा बढी जरिवाना गरिने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्