१६ असार २०८३, मंगलबार

एयरपोर्टको इमर्जेन्सी गेट बन्द गर्न निर्देशन

कात्तिक २०, २०७४
एयरपोर्टको इमर्जेन्सी गेट बन्द गर्न निर्देशन
काठामाडौं, २८ माघ – संसदको सुशासन तथा अनुगमन समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इमरर्जेन्सी गेट तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

समित सभापति मोहनसिंह राठौर नेतृत्तको टोलीले बिहीबार विमानस्थल गई त्यहाँको सुरक्षा, व्यवस्था र अध्यागमनको स्थलगत निरीक्षण गरेको थियो ।

बिहीबार नै बसेको समितिको बैठकले विमानस्थलको सुरक्षालाई ध्यानमा राखेर इमरर्जेन्सी गेट तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

इमरर्जेन्सी गेट प्रयोग गरेर गलत काम हुने भएकोले त्यसलाई तत्काल बन्द गर्न निर्देशन दिइएको जानकारी राठौरले दिए ।

salt training

कमेन्ट गर्नुहोस्