काठमाडौँ, २७ मङ्सिर - काभ्रेपलाञ्चोक नयाँ बाङ्थली–७ निवासी लक्ष्मी परियारको शुक्रबार बोक्सी आरोपमा भएको हत्यामा आरोपित ४ जना पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ । परियारको हिरा लामासहितका व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले काभ्रेपलाञ्चोक को घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन निर्देशन दिएका छन् । घटनाको सफल अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर सोको विवरण सार्वजनिक गर्न स्थानीय अधिकारीलाई आवश्यक निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।