३० असार २०८३, मंगलबार

द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्छ :  देउवा

द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्छ :  देउवा

भक्तपुर, २४ जेठ- नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिनुभएको छ । 

आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताउनुभएको हो । 

पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रजातन्त्रका लागि लड्ने योद्धाका रुपमा रहनुभएका जोन्छेंमाथि द्वन्द्वका नाममा उहाँकै घरमा गएर गोली प्रहार गर्नु ठूलो अपराध हो, यस्ता अपराधीलाई कहिल्यै कसैले पनि छुट दिनुहुँदैन ।” 

सभापति देउवाले शहीद जोन्छेंले छाडेर गएको काम सफल पार्नु र उहाँले अवलम्बन गरेको बाटो पछ्याउनु आजको आवश्यकता रहेको बताउनुभयो । 

पूर्वसभामुख दमननाथ ढुङ्गानाले नेपाली काँग्रेसभित्रको गुटउपगुटको अन्त्य गरी एकढिक्का बनाएर लैजाने जिम्मेवारी पार्टी सभापति देउवाको भएको भन्दै यसमा पार्टी उहाँ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । 

पार्टी जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले शहीद जोन्छेंले प्रजातन्त्र स्थापनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेस कुनै पनि परिस्थितिको सामना गर्दै अगाडि बढ्ने र देशका लागि जस्तोसुकै मूल्य चुनाउन तयार रहने बताउनुभयो । 

कानून आयोगका पूर्व अध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नं ३ का प्रदेश सदस्य रजनी जोन्छेंलगायतले शहीद जोन्छेंको योगदानलाई पार्टी र देशले बिर्सन नहुनेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै प्रमाणपत्रहरु प्रदान गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्