
काठमाडौं, २५ जेठ–अफगानिस्तानले बिहीबार भएको अन्तिम खेलमा बंगलादेशमाथि एक रनको रोमाञ्चक जित निकाल्दै टि–ट्वान्टीमा क्लिन स्वीप गरेको छ । यो रोमाञ्चक जितसँगै अफगानिस्तानले बंगलादेशमाथिको पहिलो टी–ट्वान्टी क्निनस्वीप गरेको हो ।
देहरादूनमा भएको अन्तिम प्रतियोगितामा बंगलादेशलाई १ रनले हराउँदै श्रृंखलामाथि ३–० को जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेक अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १४५ रन बनायो ।
१४६ रनको लक्ष्य लिएर मैदानमा आएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनमा समेटियो । यसअघि अफगानिस्तानले पहिलो खेलमा ४५ रनले हराएको थियो भने दोस्रो खेल ६ विकेटले जितेको थियो ।