२१ असार २०८३, आइतबार

नाबालकको अपहरणपछि हत्या, शव बाग्मती किनारमा भेटियो

नाबालकको अपहरणपछि हत्या, शव बाग्मती किनारमा भेटियो

रौतहट, २८ जेठ - अपहरणमा परेका एक नाबालकको शव आज विहान बाग्मती नदी किनारको बगरमा भेटिएको छ । 

रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । 

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बाग्मती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए । 

टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुुमान रहेको प्रहरी निरीक्षक ओझाले बताए ।

अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए । 

पक्राउ परेकाको बयानको आधारमा नाबालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराए ।

हत्याको कारण भने खुुल्न नसकेको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । 

शनिबार राति नाबालक युुवराज साह खान पिन गरेर आफ्नै घरमा सुुतिरहेका थिए । आइतबार बिहान ढिलै गरी उनका दाजुु निरञ्जन साह मोबाइल खाज्दै भाइ सुुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युुवराज बेपत्ता भएको चाल पाएका थिए । 

नाबालकका साथ सञ्चालनमा रहेको उक्त मोबाइलमा दुुईवटा सिम रहेको थियो । मोवाइलमा नेपाल टेलिकमको ९८५५०२८३०६ र एनसेलको ९८१९२८७०० नम्बरको सिम रहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । 

घटनास्थल जिल्ला सदरमुुकाम कटहरियाबाट झण्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्