
काठमाडौं, ३० जेठ - काठमाडौंको जडिबुटीमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
बा ४ ख ३५५८ नम्बरको टिप्परले बा ७० प९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको घटना स्थलमै मृत्यु भएको महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता नवीन राईले जानकारी दिए ।
टिप्परको ठक्करबाट महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् ।
आगजनीका कारण बीच सडकमा टिप्पर दनदनी बलेको छ । जसका कारण लोकन्थली, जडीबुटी, पेप्सीकोला, कोटेश्वर क्षेत्रको सवारी अवरुद्ध भएको छ । 


भिडियो- कृष्ण सापकोटाको फेसबुक