काठमाडौं, ३१ जेठ– फिफा विश्वकप २०१८ सुरु भएको छ । एक भव्य उद्घाटन समारोहकाबीच विश्वकप सुरु भएको हो ।
रसियाको मस्कोस्थित लुजिन्की रंगशालामा तामझामका साथ उद्घाटन समारोह आयोजना गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्घाटनसत्रमा अंग्रेजी पपस्टार रोबी विलियम र रसियन सोलो गायिका एइडा गरिफ्यूलिनाको विशेष प्रस्तुति रहेको थियो । यस्तै विभिन्न सांस्कृति झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।
उद्घाटन समारोहपछि आयोजक रसिया र साउदी अरेबीयाबीच उद्घाटन खेल भएकाे थियाे, जसमा अायाेजक रसिया ५-०ले विजयी भयाे ।


फिफा वरियतामा निकै कमजोर रहेको नेपाल पनि विश्वकपमय बनेको छ ।


