×

NIC ASIA

भूकम्पपीडितको गुनासो: सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
मलेखु (धादिङ), १ फागुन-महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो।उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए।प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ।

गाउँमा अरुले राहत पाउँदा उनले पाएनन्।घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ।उनले गाविसमा गएर गुनासो टिपाए तर अझै पनि सहयोग पाउन नसकेकाले दुई वर्षदेखि सो छाप्रो उनीहरुको बास बस्ने ठाउँ भएको छ।

एक संस्था भूकम्पपछि शौचालय बनाइदिन आए तर कोही घर बनाइदिन नआएपछि चेपाङ परिवारको बिचल्ली भएको शिक्षक तिलक चेपाङको भनाइ छ।“मेरा दुई छोरी अपाङ्गता भएका छन्, यस्तो अवस्था हुँदा पनि सरकारले किन देखेन ?” चेपाङले गुनासो गरे।“सरकारको पैसा कुर्दाकुदै बारीको पाटैमा मर्ने भइयो।”

गाउँम भूकम्पले घर भत्किएपछि उनी जस्तै अरु चेपाङ प्राविमा बस्दै आए।पछि विद्यालय खुल्यो।उनीहरु स्याउलाले छानो बनाएर बारीको पाटामा बस्छन्।सरकारले खटाएका प्राविधिक गाउँमा पुग्यो।उनीहरुले भत्केको घर देखाए तर उनीहरुको घर अनुदान दिने सूचीमा आएन।तिनले गाविसमा गएर गुनासो फाराम भरे तर अझै राहत पाइन्छ भन्ने निश्चय नभएकाले उनीहरु बारीको पाटामा बस्दै आएको छ।

लामो समयदेखि बारीको पाटामा बस्दा सिमथलीका बालबालिका पटक पटक बिरामी परेका छन्।तिनलाई स्वास्थ्य चौकी लैजाँदासमेत “औषधि छैन” भन्ने जवाफ पाएको सिमथलीका चेपाङको गुनासो छ।

महादेवस्थान-२ मा २५ चेपाङका घर भूकम्पपीडितको सूचीमा आएन।वडा नं ३ मा यस्ता १८ घर छन्।गाउँमा आएका प्राविधिकको लापर्बाहीले उनीहरुको नाम छुट्यो।जोगीमारा गाविसको जवाङमा रहेका ५२ घर चेपाङले अहिले घर बनाउन सरकारको अनुदान नपाउने भए।नाम नआएपछि उनीहरु समस्यामा परेका छन्।घर भत्किएर खरको छाप्रो बनाएर बसिरहेकालाई समेत सरकारले नहेरेको उनीहरुको गुनासो छ।

यस्तै धुषा गाविस– ३ र ४ मा एक सय घर छुटेको नेपाल चेपाङ सङ्घले जनाएको छ।जिल्लाभर १५ हजार गुनासो परेकामा सम्बोधन हुन सकेको छैन।रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x