०३ असार २०८३, बुधबार

विदेश पलायनको असर : ‘गाउँमा तरकारीखेती गर्ने मान्छे छैनन्’

कात्तिक २०, २०७४
विदेश पलायनको असर : ‘गाउँमा तरकारीखेती गर्ने मान्छे छैनन्’
पाल्पा, १ फागुन-पाल्पा जिल्लाको हुगी गाविस– १ र २ वडामा प्रशस्त सिँचाइयोग्य जमिन छ । स्थानीयवासीले स्याङ्जाको आँधिखोला जलविद्युत् परियोजनाबाट पानी ल्याएकाले सय हेक्टर भन्दा बढी क्षेत्रफल जमिन रहेको यहाँ बाह्रैमहिना सिँचाइको सुविधा भएकोे हो । 


व्यावसायिक तरकारी खेतीप्रति युवा आकर्षित हुननसक्दा साँझबिहान बजारबाट तरकारी किन्नुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा रोकिएको छैन । युवा विदेश पलायन हुने क्रम नरोकिएपछि ग्रामीण क्षेत्रमा व्यावसायिक तरकारीखेती सुरू हुन नसकेको स्थानीय बासिन्दा विनोद अर्यालले बताउनुभयो ।

तरकारी खेतीबाट स्वदेशमै आत्मनिर्भर हुन सकिन्छ भन्ने अज्ञानताका कारण यहाँका युवा विदेश पलायन हुने क्रम बढेको हो । प्रशस्त खेतबारी भएका आफ्नै भूमिमा तरकारीखेती गर्न सकिन्छ भन्ने चेतनाको अभावले विदेश पलायन हुने क्रम अझै नरोकिँदा आफ्नै गाउँमा उत्पादन भएको तरकारी खानुभन्दा किन्नुपर्ने बाध्यता सिर्जना भएको उहाँको भनाइ छ ।

युवा विदेश पलायन हुने क्रम बर्सेनि बढेसँगै गाउँका खेतीयोग्य जमिनमा उत्पादनमा ह्रास हुन थालेकाले यहाँका बासिन्दाले महँगो मूल्यमा तरकारी किन्नु परेको छ ।

‘युवा जति वैदेशिक रोजगारमा छन्, गाउँमा बुढापाका, महिला र बालबालिका मात्र बस्छन्, गाउँदेखि सदरमुकाम तानसेनसम्म बाटो खुलेको छ, सिँचाइका लागि पानी उपलब्ध भएपनि, व्यावसायिक तरकारीखेती गर्ने युवा गाउँमा नै छैनन्,’ अर्का स्थानीयवासी कुलराज पौडेलले भन्नुहुन्छ, “खेतीयोग्य जमिन गाउँमा प्रशस्त छ, तर तरकारीखेती गर्ने मान्छे नै छैनन् ।”

जिल्लाका अन्य गाविसका युवा तरकारीखेती गरी मनग्य आम्दानी गर्दछन्, तर यहाँका युवा रोजगारीका लागि विदेश पलायन हुने क्रम नरोकिँदा विदेशमा कमाएको पैसा स्वदेशमा आएपछि खानपान र शृृङ्गारपटारमा उडाउँने गरेको उहाँको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्