२२ असार २०८३, सोमबार

नेकपा (माओवादी) को आठौँ महाधिवेशन सुरु

कात्तिक २०, २०७४
नेकपा (माओवादी) को आठौँ महाधिवेशन सुरु
काठमाडौँ, १ फागुन - तत्कालीन नेकपा (माओवादी)ले विसं २०५२ मा सशस्त्र युद्ध सुरु गरेको सम्झनामा विभिन्न माओवादी पार्टीद्वारा आज देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएका छन् ।

सोही अवसर पारेर नेकपा (माओवादी)द्वारा यहाँ २२ औँ जनयुद्व दिवस तथा आठौँ महाधिवेशन सुरु गरिएको छ ।

महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै सो पार्टीका महासचिव नेत्रविक्रम चन्दले मुलुक अहिले गम्भीर सङ्कटमा रहेकाले सबै जनता एकढिक्का भई राष्ट्रियताको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देश अप्ठ्यारो अवस्थामा रहँदा त्यसको स्वतन्त्रता र स्वाधीनताका लागि नेपालीले एकजुट भई लडेको इतिहास स्मरण गर्दै राष्ट्रको खतराविरुद्ध लड्नका लागि पुनः नेपालीको एकताको खाँचो औँल्याउनुभयो ।

महासचिव चन्दले विगतमा नेपाली जनताले दिएको मायाले माओवादी पार्टीले महत्वपूर्ण स्थान प्राप्त गरेको भए पनि नेतृत्वले सही दिशानिर्देश गर्न नसक्दा सामाजिक रुपान्तरण कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले मुलुकमा उत्पीडित जाति तथा समुदायको हितमा क्रियाशील रहन पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्