१९ असार २०८३, शुक्रबार

मुस्ताङमा टिपर दुर्घटना हुदा १५ जनाको मृत्यु, अघिकांश मजदुर जिल्ला बाहिरका

मुस्ताङमा टिपर दुर्घटना हुदा १५ जनाको मृत्यु,  अघिकांश  मजदुर जिल्ला बाहिरका

मुस्ताङ,२२ असार– मुस्ताङमा टिपर दुर्घटना हुदा १५ जनाको मृत्यु भएको छ । सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।  दुर्घटनामा ११ पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरी हवल्दार कृष्णगोपाल परियारले बताए । उनका अनुसार १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
दुर्घटनामा परेका अघिकांश  मजदुरहरु कपिलबस्तु, सिन्धुली, स्याङ्जा, सल्यान  र दाङका रहेको  प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । 
उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणमा काम गरिरहेका मजदुर बोकेको ट्रिपर स्याङ्बोचेमा दुर्घटना भएको हो । जिल्ला सदरमुकाम टाढा भएकाले काठमाडौं र पोखराबाट घाइतेको उद्दारका लागि हेलिकप्टर आउँदै गरेको प्रजिअ पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्