०३ असार २०८३, बुधबार

ट्रस्टको सम्पत्ति कौडीको भाउमा

असार २५, २०७५
ट्रस्टको सम्पत्ति कौडीको भाउमा

दुई महिनाअघि नेपाल ट्रस्टको कार्यालयले ताहाचलस्थित छाउनी मार्गमा रहेको १५ रोपनी जग्गा खाली गर्न पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई पत्राचार गर्‍यो । सर्वोच्च अदालतको फैसलाअनुसार ट्रस्टको नाम रहेको ‘विजयाघर’ सहितको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गर्‍यो ।

तर, लामो समय बितिसक्दा पनि प्रेरणाले फैसला स्वीकार गरेकी छैनन् । उनले घरजग्गा बुबाले दाइजो दिएको भन्दै छाड्न अटेरी गर्दै आएकी छन् ।

अदालतले २०७३ पुस २९ गते राजसंस्थाको सम्पत्ति राष्ट्र हितविपरीत व्यक्तिगत रूपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा दिन वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने फैसला गरेको थियो । त्यसैगरी सार्वजनिक सम्पत्ति कसैका नाममा दाइजो दिन नपाइने भन्दै त्यस्ता जग्गा ट्रस्टका नाममा ल्याउन निर्देशनात्मक आदेश दिएको थियो । उक्त विजयाघर स्वर्गीय राजा वीरेन्द्रले उपयोग गर्दै आएका थिए ।
मुलुकभर रहेका ट्रस्टका जग्गाको खोजतलास अघि बढाइएको भए पनि यी जग्गाको कसरी सदुपयोग गर्ने भन्ने ठोस निर्णय हुन नसकेको ट्रस्टकै अधिकारीहरू बताउँछन् । ‘प्रशस्त अचल सम्पत्ति छ, सदुपयोग हुन सकेन, जसले सक्यो उसैले उपभोग गर्न थालेका छन् । 

राजधानी तथा मुलुकका अन्य सहरमा रहेको जग्गा भाडा लगाए पनि उचित मूल्यांकन हुन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्