×

NMB BANK
NIC ASIA

विश्वकप उपाधिको होडमा फ्रान्स, बेल्जियम १-० ले पराजित

असार २७, २०७५

NTC
Premier Steels

काठमाडौं– सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ ।  मंगलबार मध्यराती सम्पन्न सेमिफाइनल खेलमा  चिरपरिचित प्रतिद्धन्द्धी बेल्जियमलाई १–०ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बनेको थियो । त्यसपछि सन् २००६ मा पनि फ्रान्स फाइनलमा पुगेको भएपनि इटालीसँग पराजित बन्न पुगेको थियो । 

Muktinath Bank

सेन्ट पिटर्सबर्गस्थित क्रेस्टोभस्काई रंगशालामा भएको निकै रोमाञ्चक खेलको ५१ औं मिनेटमा फा्रन्सका सामुएल उमतितिले हानेको गोल नै निर्णायक बन्यो । उनले डिबक्सभित्रबाट हानेको हेडले जाली चुम्न पुग्यो । 
यसअघि खेलको पहिलो हाफ दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

यद्यपी पहिलो हाफमा दुबै टोलीले गोल गर्ने केहि सुन्दर मौका गुमाउन पुगेको थियो । 

Vianet communication

५१ औं मिनेटमा सामुएलको गोल पछि डिफेन्स खेलेको फ्रान्सको पोस्टमा बेल्जियमका खेलाडिले एकपछि अर्को प्रहार गरेपनि गोल हुन सकेन । १–० गोलको हारसँगै बेल्जियम सेमिफाइनबाटै घर फर्किएको छ । 
फ्रान्सले अब इङ्ल्याण्ड र क्रोएशियाबीचको विजेतासँग फाइनल खेल्नेछ  ।  

  भौगोलिक सिमाना जोडिएका फ्रान्स र बेल्जियम यसअघि ७४ पटक एकअर्कासँग भिडेका थिए ।  

७४ भेटमध्ये ३० भेटमा बेल्जियमले बाजी मार्दा २४ पटक फ्रान्स विजयी भएको थियो भने बाँकी खेल बराबरीमा टुंगिएका थिए । 

जारी विश्वकपकै कुरा गर्दा  बेल्जियमले सेमिफाइनलमा प्रवेश गर्दासम्म शतप्रतिशत जीत दर्ता गरेको थियो भने फ्रान्सले समूह चरणमा एक खेल बराबरी खेलेको थियो । 

क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई पराजित गरेको थियो  भने बेल्जियमले उपाधिको प्रबल दाबेदार मानिएको दक्षिण अमेरिकी पावरहाउस ब्राजिललाई पराजित गरेको थियो । 

स्टार खेलाडीहरूले भरिएको बेल्जियम पहिलो पटक विश्वकप उचाल्ने लक्ष्यमा रहेपनि फ्रान्ससँग हारेसँगै सपना चकनाचुर बन्न पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x