
काठमाडौं – युक्रेनको सेमेनयुक परिवारले संसारको सबभन्दा ठूलो परिवार भएको दाबी गर्दै गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा निवेदन दिएको छ ।
यस परिवारका सबभन्दा वृद्ध सदस्यको नाम पावेल सेमेनयुक हो र उनी ८७ वर्षका छन् । सबभन्दा साना सदस्य चाहिँ दुई हप्ताका छन् ।
पावेललाई परिवारका सबै सदस्यको नाम याद राख्न समेत गाह्रो छ । उनी पहिलेदेखि ठूलो परिवारको इच्छा राखेको बताउँछन् ।
उनकी पत्नीले १३ बच्चा जन्माउँदा उनी एकदम खुशी भए । बच्चाहरूको परिवार बढ्यो र नाति पनाति हुँदै परिवार संख्या ३४६ पुग्यो ।
यो परिवार दक्षिण युक्रेनको ओडेसा ओब्लास्ट क्षेत्रको दोब्रोस्लाभ गाउँमा बस्छन् । पावेलका १३ सन्तान, १२७ नातिनातिना, २०३ पनाति पनातिनी र त्यसभन्दा पनि पछिल्लो पुस्ताका तीन सदस्य छन् ।
अहिलेको विश्व कीर्तिमान भारतको एक परिवारसँग छ । मिजोरमको उक्त परिवारमा १९२ सदस्य छन् ।
युक्रेनको परिवारले चाहिँ नेसनल रेकर्ड्स रजिस्टरमा दर्ता गरिएको छ ।
एजेन्सी